बैजनी सुर्यास्त
म तिमीलाई मेरो आमाको घर शहरमा लैजान्छु
होन ण्गुले तिनिहरुका बालकपनका गीतहरु गाउँछन्
तिमी समुन्द्रको नुनिलो स्वादसँगै हिँड्छौ
तिम्रो आत्मालाई मेरो स्वर्गिए घरबजारको समुन्द्र अगाडी राख्दै
यो मध्यान्न वतासमय थियो
मेरो काध न्यानो छ
लन चौ छालले मेरो मुटु मुसार्छ
तिमी र म दुबै जना समुन्द्रको आगाडी सुस्केरा हाल्छौँ
कि पृथ्वी र आकाश हाम्रो आफ्नैसित समर्पित भए जस्तै
लन चौ बैजनी
अनि लन चौसित वतास छ
पूल्-घाट को आगाडी
तिमीले बोलायौ–म एक क्षण थिएँ!
[कुअ लोमा अबस्थित् भए पनि सबैजनालाई यो सुन्दर टापुको बारेमा थाहा छैन। यो मात्र समुन्द्र किनारको अलि पर छ। स्थानीय मानिसहरु लन् चौलाई टापु र्úक्óक् पनि भन्छन् किनकि यो टापु आधा समुन्द्रतिर लस्केको एक ठुलो भ्यागुतोजस्तो देखिन्छ।]
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला