साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः कलियुग 

पैसा बोल्छ यहाँ, मान्छे बोल्दैन,
ढुङ्गाले बरू बुझ्दछ पीडा, मान्छेले बुझ्दैन ।
गीताको कसम खाएर यहाँ, सत्य कोही बोल्दैन
सत्य निराश हुँदा पनि, मुटु कसैको पोल्दैन ।।
घृणा छ एकअर्कामा यहाँ, खुट्टा तान्ने बानी छ
जति नै राम्रो काम गरे पनि, भ्रष्टचारीकै मनमानी छ ।
बग्दछ पानी आँखाबाट, भित्री मन कालो छ
आजको दिनमा मान्छेलाई किन दानवता प्यारो छ ??।
आफन्त भन्ने मान्छे पनि पराई भइदियो
रगत एउटै भएकाले पनि आफन्त ठगिदियो ।
पैसा कमाएर मानछे आफूलाई, सर्वोपरी सोच्दछ
पापी र कलङ्कित भएपछि, मन्दिर गएर ढोग्दछ ।।
निष्ठुरी भएर मान्छे आज मानवता हरायो
रामको देशमा आज घर घर रावण करायो ।
स्त्रीजातिको इज्जत आज किन भेटिँदैन
बलात्कारीको दानवता आज किन मेटिँदैन ??
प्रतिक्रिया
Loading...