एकपटक रिहा भएको कैदी
अर्को अपराधको आरोपमा
पुनः कारागारमा फर्किएजस्तै ।
बल्लतल्ल पिँजडाबाट
फुत्किएको सुगा
फेरि सिकारीको पन्जामा परी
पिँजडामा थुनिएजस्तै ।
म फर्किएको छु त्यही बन्द कोठामा
थुनिएको छु उही पुरानै
शून्यताको ताल्चाभित्र ।
जहाँबाट म सुनिरहेछु
पल्लो टोलका रामु काका
हिँड्दा हिँड्दै ढलेको खबर ।
म लाचार भएर हेरिरहेछु
एकपछि अर्को , एकपछि अर्को
चितासँगै जलेको सहर ।
दायाँ बन्द बायाँ बन्द
म स्थिर छु किनकि
चारैदिशा छ बन्द यो ।
म केवल महसुस गर्न सक्छु
मेरा सञ्जालका भित्ताहरुमा
लामबद्ध भएका
चिहानहरूको गन्ध यो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला