ऊसँगको एक सामीप्यमा
तोडिएको त्यो मेरो मौनता,
केवल क्षणिक बाटोको यात्रीसरह,
केही माइलको यात्रामा गुमनाम
परिचयको खोजीजस्तै,
मेरा ती पर्खाइ र हिँडाइका पाइलाहरू,
नदीमा हिँडेका नाउका डोभहरूजस्तै,
अस्तित्व र गन्तव्य खोज्दै,
सयौँ माइलको यात्रामा,
केवल शून्यताको पहेली बुन्दै,
मन्द-मन्द गतिमा मस्किएका
जीवनहरूको उन्मादसँगै
बिच बाटामा भौँतारिएको,
गन्तव्यहीन यात्राको,
छटपटी र उकुसमुकुसमा,
पालिएका केवल त्यो एक सपना
कहिले छुन नसक्ने क्षितिजजस्तै
मेरो प्यारो सपना, मेरो प्यारो सपना
धन्यवाद
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला