हल्लामा सल्लाह हुदैनन्
सल्लाहमा ऊ कराइरह्यो
ऊ बसिरहन पनि सकेन
ऊ सुनिरहन पनि सकेन
उठिरहन खोजेका टाउका देखिँदै थिए
उसलाई सङ्केतले तानिरहेको थियो
ऊभित्रको चिसो मनलाई छाम्यो।
ऊ थच्कै बस्यो
उसलाई कैसेले सोधेन
मन मनमा नै सम्झिरह्यो
धुवाँ आएपछि आगो बल्छ
धुवाँ उडिरहेको थियो उसकै वरिपरि
छेवैकोले भनिरह्यो
काठको मान्छे।
दार्जिलिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला