सहरका कसिला भिडहरूबाट
उकासिएका स्वासहरूसँगै
जाने गोरेटो बाटामा फैलिएका
पातीका तिता तर
भरिपूर्ण भएका हरिया पातहरूसँगै
मौलाएको एक प्रेम हो गाउँ
पाठा पाठीहरूको म्याँ म्याँ
चल्लाहरको सुमघुर चिरविर
पाखाहरूमा गुन्जिएको सुुसेली अनि
रत्तौली र मेलाहरले सजिएको
एक रचना हो गाउँ
सहर सधैँ बस्नका लागि नहुने रहेछ,
यदि हुँदो हो त
भुकम्प, नाकाबन्दी अनि महामारीले
हजारौ सहरीया भएका गाँउलेहरूलाई
गाँउ नेै फर्कउने थिएन होला, हो
यिनै ममता र स्नेहको स्वरूप हो गाउँ
वाचा दिएकाहरूले
वाचा पूरा नगरेपछि
नमन, स्नेह,र पुनः बाँच्नका लागि
सङ्कल्प गर्ने एक सुन्दर मन हो गाउँ
हर्ष उमङ्ग अनि
उत्साहको सङ्घर्ष
गर्दै गरेका सपनाहरूका
विकासमा ऐठनहरूले
चेपेर पनि नमरेको एक आत्मा हो गाउँ ,
उकाली ओराली पाखा पखेरा अनि
बाँसुरीका सुन्दर र सुरिला स्वरहरूसँगै
जीवनका सुन्दर पलहरू बिताउन साँच्चै
गाउँ नै फर्किनुपर्छ
विरेन्द्रनगर सुर्खेत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।