खर्कमा सुनसान उम्रिएपछि
बाँसुरीमा धुन फुट्ने डाँडामा
रुँदैछ गोठालाको अभाव ।
बगालमा गोरु जुधाएर
होडबाजीमा उफ्रिने वीर बहादुरहरू
मलाय भर्ती हुने छाती नपुगेपछि
गाउँ छाडेर –
सपना चुहाइरहेछन्
भाग्यमा मरुभूमि उमारेर ।

८८

हाटामा तरुनी फकाउन जाने
भेला हुने चौतारामा
हराएछ रिकुटे साँहिलाहरूको कुर्लाइ ।
बसाइँ सरी गएछन् –
बरपीपलका डालीमा बसेर
मेन्छ्यासँग पिरती छुटेको

आरपी गाउँले

८८

लाग्न छाडेछ भाग –
शनिबारे हटियामा
धार्नी , बिसौली र आठपोल
गोठमा थारो हराएपछि
खरितेहरू –
देशमा अस्ति वर्गीयताको बिउले
काँचुली फेर्नेहरू –
सहर भासिएर ठेला गाडामा
मकै पोलेर धुवाँमा
खोज्दैछन् गणतन्त्रको आकार ।

८८

खोया झुन्ड्याएर
रत्यौली नाच्ने आमाहरू –
यसरी हराएकी
मानौँ –
घरमा खोया पनि फल्न छाडे ।
सिलोक गाउने सिलोकेहरू
यसरी गायब भएकी –
जसरी गायब भए
पोहोर देश बनाउन हिनेकाहरू ।
सुन्न पाइन्न अचेल
ल्होसारमा पेङ्दोर्जेको डम्फुको ताल ।
गाडिन्नन् माङ्हिममा सेउली
बज्दैनन् झ्याम्टा
राई कान्छाहरू अपहरणमा परेपछि ।
फुट्दैन अचेल
च्याब्रुङको त्रुम ध्याक त्रुम ताल
मेला , पर्व , बिहे र बर्खान्तमा
अनिकालको खडेरीमा
ओठ कलेँटी परेका केसामीहरू
छाती नपाउन गाउँ छाडेपछि ।
सुनिन्न लेग्रो तानेर
हाक्पारे , पालम गाउने
तयामा , खियामाहरूको भाका
दशकौँ अघि
देश बनाउन हिनेकाहरू नफर्केको शोकमा ।

८८

मन्दिरमा भजन गाउने पवित्र ओठहरू
गीता , वेदलाई कैद गरेर
मदिना धाइरहेछन् शङ्ख घण्टीको खोजीमा ।
हजुरबाको बालन गाउने खैँजडी
बेची पठाएछ नातिले
सहर जाने खर्चका लागि ।
म्येन्छ्यायेम डाँडामा बसेर
चौँरी धपाउँदै सेलेमीले
मुर्चुङ्गा बजाउँदैन अचेल ।
तुम्बाले आँखा देख्न छाडे
बिनायो खिप्न …………

खै किन गायब भए यसैयसै धुनहरू ??