म
एउटा उत्कण्ठ
जिजीविषा बोकेर
मृत्युसँग
युद्धरत छु
भेन्टिलेटरमा !
**
म
आफ्नै घरभित्र
अज्ञात कहरको डरले
नजरबन्दमा छु
सम्बन्धहरूबाट
आइसोलेटेड भएर !
**
म
आफ्नै भूगोलको सिमानामा
चिच्याइरहेको छु
प्रवेश आज्ञाका लागि
र कैद भएको छु
क्वारेनटाइनमा !
**
म
दूर क्षितिजमा
आशाका किरणहरू खोज्दै
भयभीत नजरहरू दौडाएर
पेन्डेमिक त्रासबाट भाग्दै छु ।
समय टक्क अडिएको छ
लकडाउनमा !
हेटौँडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला