साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- यसपालि औँसीमा म तँलाई हेर्न चाहन्छु !

Chovar Blues Mobile Size
रूपक अधिकार
आमाको मुख हेर्नेदिन साँच्चै नजिकिएछ
दलानमा टेकेर आमालाई जिस्काउन थालेछ
देख्लिस् यो साल पनि तेरो छोरो आउँदैन ।
sagarmani mobile size
गाउँबाट आमाले रुँदै फोन गरिन्
छोरा तँ आफैँ रमाउँदै गएको बाटो घर फर्कनलाई देख्दैनस्
देख्दैनस् पानीभन्दा धेर आँसु चुहिएको
न देख्छस् यो ज्यानभन्दा बढी मन गलेको ।
नयाँ वर्ष आउँछ , जान्छ
तेरो जन्मदिन आउँछ , अहँ! जान मान्दैन
म पात्रो हेरिरहन्छु
घडी हेरिरहन्छु
त्यो एकदिन पनि वर्षझैँ लामो लाग्छ ।
फोनमा कान लगाइरहन्छु
आँसु आउँछ
बालखैमा तैँले सुनाएको भाका आउँछ
तेरो सपना याद आउँछ
तैँले छाती टोकेको याद आउँछ
तैँले ऐया आमा भनेको याद आउँछ
मात्र तेरो आवज आउँदैन ।
तेरो झझल्को आउँछ , छाया आउँदैन
मेरो मुख हेर्ने दिन आउँछ
तेरो मुहार आउँदैन
दसैँ आउँछ , टीका आउँदैन
तैँले नै कमाएर तिरेको करले मलाई भत्ता आउँछ
आउँदैन त हात तेरो
आउँदैन त केवल तेरो फोन मलाई
आउँदैन त बस् मेरो याद तँलाई ।
म यसपालि फेरि हाम्रो महान् पर्व चाहन्छु
म यसपालि फेरि कोरोना चाहन्छु बाबु
म चाहन्छु यही बहानामा तँ मेरो काखमा लुटुपुटु गर्नु
म चाहन्छु यतिबेला तेरो काखमा निदाऊँ
मैले अन्तिम पटक सास फेर्दा
तैँले संस्कारको चितामा दागबत्ती दिएको हेर्न मन छ
म कोरोना चाड आझै चाहन्छु
ऐले चाहन्छु ।
प्रतिक्रिया
Loading...