साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

भित्तामा कविता अभियान १४

धेरैलाई लाग्दो हो, कविताप्रति धेरैको मोह छ तर त्यस्तो होइन । कयौँ ठाउँका खाली भित्ता देख्दा मलाई ती भित्तामा कविता सजाउँ लाग्छ । त्यसपछि भित्ताका मालिककहाँ म प्रस्ताव राख्छु तर धेरैले मेरो प्रस्तावलाई अस्वीकार गर्नुहुन्छ । निकै कमले मात्र यो स्वीकार गर्नुहुन्छ । ती स्वीकार गर्नेमध्ये एक हुनुहुन्छ, पञ्चेधारा रोडसाइड क्याफे तथा रेस्टुराँ ।

यो रेस्टुराँ धुम्बाराहीमा पर्छ । त्यस्तै त्यही छेउमा अवस्थित अर्को एक रेस्टुरेन्ट फ्रेन्ड्स क्याफेले पनि मेरो अनुरोधलाई स्वीकार गर्यो ।

त्यसपछि त्यहाँका भित्तामा सजिएका यी कवितालाई साहित्यपोस्टका पाठकहरूमाझ पस्किएको छु । जसरी त्यहाँका ग्राहकहरूले रूचाउनुभएको छ, त्यसैगरी तपाईंहरूले पनि रूचाउनु नै हुनेछ ।

पन्चेधारा रोडसाइड क्याफे तथा रेष्टुरेन्ट, खहरे, विशालनगर
फ्रेन्ड्स क्याफे, पिपलबोट, धुम्बाराही
प्रतिक्रिया
Loading...