
आर्यश शर्मा
ऊ,
पसिना पुछ्दै
त्यो अग्लो ठाउँबाट
तल हेर्छ
तर
देख्दैन मानवता
फगत देख्छ
गगनचुम्बी महलहरु र
पैसाका मान्छे ।
ऊ
पहिलोपटक उचाइमा चढेको होइन
उसले
पहिलोपटक
पसिना पुछेको पनि होइन
पहिले उचाइबाट
उसले
हरियो डाँडा देखेको थियो
खोलानाला र चउर देखेको थियो
आमाको छायाँ पनि देखेको थियो
तर
उचाइ उस्तै भए पनि
पसिना उस्तै भए पनि
ऊ
आखाँभरि आँसु पार्दै
खुइइय गर्छ !
उस्को जीवनमा
पसिना र आँसुमा
केवल
गन्धको फरक हुन्छ !!!
⚫️⚫️⚫️



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
