‘मन्दाक्रान्ता’ छन्द
गण:SSS SII III SSI SSI SS
आयौ नारी सुख दिन यहाँ स्वत्व देखाइ मानी
चाहानाले हृदय तहमा लेख्छ मीठा कहानी
जानेकी छिन् सब चिज भने बोध गर्नै परेन
जानेकै हो हजुर उ बिना धर्म सच्चा गरेन ।।
संसारैको मणि बनि उनी पुण्यको काम गर्छिन्
बाँच्ने इच्छा अनि पुरुषमा आँट उत्साह भर्छिन्
झेल्यौ पीडा अधिक उसले दुःख वास्ता भएन
आँखा रोए तर मन भने शोकले खुम्चिएन।।
माता देवी सुपुजित सबै भेट्न वैकुण्ठ जान्छौ।
खोजे साँच्चै घर वरिपरी शक्तिको रूप भेट्छौ।
गर्छौ श्रद्धा जब जब तिमी लोकले हेप्न थाल्छ।
हेला गर्ने अधम कुलको मान सम्मान घट्छ।।
आमा चेली असल घरका अन्य नारी नपुज्ने
नक्सा एकै तर फगतमा, मर्म कैले नबुझ्ने ।।
स्वार्थी मात्रै तर कति यहाँ धर्मको आडमा छन् ।
आँखा खोले सबतिर यिनै शक्तिले वास गर्छन् ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला