एउटा मान्छे सधैँ आउँछ
मलाई भनिरहन्छ
ऊजस्तो हुनुू
मजस्तो नहुनू
ऊ जस्तो र म जस्तोको
भिडहरूको लाममा मजस्तै छु ।
ऊजस्तो बन्नुको होडमा
आधा वैँश सकिँदासम्म पनि
म जस्तो छु, त्यस्तै नै छु ,
उसले म जस्तो हुनुको
अर्थ बिर्सिएर छट्पटाइरहन्छ
काकाकुल,
खबर लिन्छ
बेखबर हुनेहरूको
म जस्तो नहुनुको तत्पर्य ?
ऊ जस्तो नहुनु हो ।
ऊ जस्तोहरूको भिडमा
जुलुस कराइरहन्छ हिजो आज
म जस्तोहरू चुपचाप–चुपचाप
कथा सुनिरहन्छ,
स्वाधीनताको, अस्तित्वको, अनि उसको ।
ऊ जस्तोहरू आगो झोसिरहन्छ
हिमालमा
अनि ताप्छ मज्जा मानेर
हिँउको आगो ।
ऊ खोस्टो ओड्छ र बाघ हुन्छ
अनि
मलाई नि बाघको अभिनय गर्न लगाइरहन्छ
मुखोण्डो भित्र ऊ जस्ताहरू
मुखोण्डो बाहिर म जस्ताहरू
उस्ता उस्तै त हो नि
ऊ जस्ताहरूलाई मुखोण्डोले चिन्दैन
मजस्ताहरूलाई अस्तित्वले चिन्दैन ।
डुवर्स, भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला