शाशि शर्मा

भित्तेपात्रो बदलियो
तर भित्तो बदलियन
गरिब जनताको मुखको सितो छिनियो
तर सेवा कहिल्यै दिइएन ।

घरहरू भत्काइयोे
तर छाना कहिल्यै दिइएन
विकल जनताहरूलाई लुटियो
तर न्याय कहिल्यै दिइएन ।

पाँच वर्ष आउने सरकार
बाचा कहिल्यै पुरा गरिएन
जवानको त केही भएन
वृद्धको भत्ता पनि छोडियन ।

विकास भयो विकास भयो
विकाश भयो त बस् भ्रष्टाचार
भ्रष्टाचार भ्रष्टाचार भ्रष्टाचार
यहि हो नेपालको पहिचान

ठेगाना—मधुवन—६,बर्दिया