असल चरित्र

लामो समयपछी

दुई दाजुभाइको चिट्ठी आयो

घरका सम्पुर्ण परिवार प्रसन्न मुद्रामा थिए।

पहिलो चिट्ठी खोलियो कान्छोको परेछ

पुज्यनिय आमा बुवामा ढोग

बर्षौदेखी शोषित हामी सत्ता उल्टाउनु पर्छ भनेर

 वर्ग संघर्षका निम्ति निरन्तर लडिरहेका छौ।

हाम्रो अभाव र गरिबीलाई हटाउन

हामिले कि मुक्ति कि मृत्यु रोजेका छौ।

 सामन्तहरुलाई पाखा लगाउन

म जस्ता कयौं कामरेड साथिहरु

आ-आफ्नो मोर्चा सम्हाल्दै हुनुहुन्छ।

र म पनि सम्हालिरहेको छु एउटा मोर्चा।

अहिले क्यान्टोनमेन्टमा बसेर यो चिट्ठी लेख्दैछु।

हामी र हामी जस्ता

कयौ शोषित पिडित जनताहरुका लागि

बन्दुक बोक्न विवश भएको हुँ।

जोरनाल बाट छरिएको गोलिबाट बचिएछ भने

अवश्य परिवारसँग भेट भइहाल्नेछ।

देशको परिस्थितिले यो पटक घर आउन सकिएन।।

लगतै अर्को चिट्ठी खोलियो

दोष्रो चिट्ठी जेठो छोरोको थियो

फेरि पढ्न सुरुवात गरियो

व्यहोरा यस्तो थियो चिट्ठीको

आदरणीय बुवा आमामा सेवा ढोग

सबैलाई देश र परिस्थिति अवगत नै छ

घरको अभावले सरकारको नुन खाइरहेको छु।

नुनको सोझो बन्नैपर्‍यो।

अस्ति मात्र अचानकको आक्रमणमा

तीन जना जवान सिपाही साथीहरू बिते।

तत्काल रोल्पा सरुवा गराउने भएको छ।

यसपटक टिको थाप्न घर आउन सकिएन।।

                       हलेसी तुवाचुङ नगरपालिका ५ ,खोटाङ