कृतज्ञता व्यक्त गरौँ कहाँ
जीवनको खुशहाली
निश्चित छ विराट प्रकृति
छान्छ कर्महरु (कर्म,सुकर्म र कुकर्म)
र दिन्छ प्रतिफल तदनुकूल ।
संग्रहित कर्मको नि त अर्थ छ
हुन्छ त्यसको पनि लेखा जोखा
रोपेकै त फल्ने हो
कसरी अम्बा स्याउ हुनसक्ला ?
फडिर खाएर खन्यूको स्वाद कहाँ मिल्ला ?
अन्जानमा भएका कर्महरु
क्षम्य हुन्छन् जब संज्ञानपश्चात् माफी मागिन्छ
त्यसो त नियतवश भएका गल्तीहरु पनि
होलान् क्षम्य वा न्यून दण्डित
सुध्रिने प्रणसहित सच्चा मनले स्वीकारेमा गल्ती
गरौँ वाचा निष्काम कर्मको
कर्म गर्दै जाँदा
फल अवश्यंभावी छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
