जब म ताते, ताते हिड्ने बेला भाे

आमालाई घाँस दाउराको हतारो
म लोडदै, उठदै आफैँ हिड्ने कोसिस गरिरहेँ
भित्तो र थाम सारथि भो
साँझपाख आमा आउँदा आगनको छेउमा
मुसुक्क हाँस्दै मेरो पाइला लोड्दै उतै गयो
आमाको घाँसको भारी पसिनाले
पूरा भिजेको त्यो शरीर मेरो सामु उभियो
म फिस्स हाँसी उहाँको आगमनलाई
अगालोमा कस्न चाहेँ
मलाई मायाको आँखाले हेरी
घाँसको भारी बिसाएर आफ्नो
अगालोमा कस्न्नुभयो
म एकछिन उहाँको मातृत्व
लडीबुडी खेली रहेँ
उहाँका मायाका ध्रसहरूमा बल्झिरहेँ
 गोठमा कराइरहेका गाई बाच्छालाई

 पनि घाँसको मुठो दिनुभयो

नारायण कोइराला

 म पनि वहाँको अँगालोमा कसिएको नै थिए
 अनि चुलो चौकोभित्र पसी
 अँगेनाको अलि पर मलाई गुन्द्रीमा
 मायाले बसाल्दै
 डालामा भएकाे मकैको आटो
 कसौँडीमा राखी पकाउनका लागि
 दाउरा बाल्दै
 म नजिक गए भने मुसुक्क हाँस्तै
 मलाई फेरि आफ्नै ठाउँमा बस्न लगाउँदै
 पाकेको आटो र शुद्ध भैँसीको
 त्यो मिठो दूध अनि बारीको
 हरियो सागको तरकारी
 मिलाई मलाई फकाएर खुवाउँदै
 म कति दुःख दिन्थेँ
 त्यो माया अब कल्पना भयो
 यी बालापनको कुरा सम्झँदा
 अहिले आँसु आयो
 आमाको माया त अमूल्य नै हुन्छ
 बालापनका ती सम्झना खोज्दा
 वास्तविक माया ममताको
 मूल नै फुट्छ
 म आज जवान भएँ ,किन जस्तो लाग्छ
 मेरी आमा अनि बालापन
 मेरा लागि जिन्दगीको अमूल्य चिनारी
 भएर रहन्छ।
 तानसेन पाल्पा
 हालः यूएई