पहाड जस्तो अटल, स्तम्भजस्तो स्थिर भए कस्तो हुन्थ्यो जिन्दगी ।
विस्तारै थाहै नपाई !
पवनसरि बहन थाल्यो जिन्दगी ।।
दुनियाँ बदल्छु भन्थेँ, फगत आफूलाई नि बदल्न सकिनँ,
आज !
विगतलाई धिक्कार्दै, सपना देखिरह्यो जिन्दगी ।।
थाकिएर हिँड्दैछु, सम्हलिएर फेरि अगाडि बढ्दैछु,
तर !
हजारौँ घुम्तीमा हराउन थाल्यो जिन्दगी ।।
सोचेजस्तो हुँदनै कहिल्यै, भएको सबथोक गुमाइसकेँ उहिल्यै,
अनायास !
यो मन चञ्चल हुन थाल्यो, आफैँभित्र खोज्नथालेँ जिन्दगी ।।

 

समाप्त