हरेक वर्ष !
फेरिन्छ जीवनको क्यालेन्डर
कैयौँ पटक फेरिइसके ।
क्यालेन्डरमा तिथि, मिति, गते, बार
हजारौँ दिनका सूर्योदयले
झ्यालबाट चियाए र सूर्यास्त भए ।
उमेरका प्रत्येक सिँढीहरू चढ्दै
जीवनका अनेकौँ खुड्किलाहरू पार गर्दै
खिइँदै , निख्रँदै
नापिरहेछु जीवनको अन्तिम गन्तव्य
मेटिँदै गएको छ स्मृतिमा
जीवनका अमूल्य क्षणहरू ।
गुमाउँदै गएको छु आत्मीय जनहरू ।
दूर क्षितिजमा नाचिरहेको छ एउटा भय
समयसँगै घर्कँदै छ जीवनको रङ्ग
निष्क्रिय हुँदै छन् अवयवहरू !
हरेक पल छोटिँदै छ जीवनको आयु
म हरेक वर्ष ,
शुभेच्छाका आशीर्वाद ओढेर
उत्सव मनाइरहेछु वा
जीवनको अप्रिल फुल ?
हेटौँडा -४
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला