उत्कृष्ट रच्न खोजेँ प्रकृतिलाई भुलेर
स्वभाव आफ्नो बदलिँदा स्वाभाविकता निलेछु
जे छ त्यसैमा यो मन कहाँ पो त मान्थ्यो र
आकाश छुन खोजेछु धुलोमै म मिलेछु
कालो बादल तिम्रो त्यो कपाल हावामा उड्दा
यो मन मेरो बग्दथ्यो हान्दै नागवेलीमा
तिम्रो स्पर्श मेरो आशा स्वतन्त्रताको साँचो भो
निकास नपाई यहाँ म पोखरीझैँ जमेछु
उत्कन्थित निराशा यो बिनावर्षातको बादल
तिम्रो याद अनि त्यो वैलाई झर्ने फूलहरू
बिरामी कुरुवा बरै अनि प्रेममा पागल
मुश्किल मिल्न याे जाेडी छ सबै अनमेल नै।।।
शिक्षा: MABS, लुम्बिनी विश्वविद्यालय
पेशा: ब्यापार
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला