******
हामी नेपालीहरू मनका असाध्यै धनी छौँ
उसले राम्रो भिजन दिन्छ भन्ने कु
हामीले विश्वास गर्यौँ
उसका सबै कुराहरू पत्याइदियौँ
उसलाई हामीले पथप्रदर्शक मान्यौँ ।
काखमा राख्दा असुरक्षित भएँ भन्
हामीले आँखामा राख्यौँ
जब उसले माया कम पाएँ भन्यो
हामीले छातीमा टास्यौँ
भुईँमा राख्दा होचो भएँ भन्यो
हामीले टाउकामै चढायौँ ।
उसलाई हामीले धेरै पुलपुल्यायौँ
बच्चा जस्तै लाडे बनायौँ
त्यसैले हुनुपर्छ
आजकल उसले
हाम्रो नाकमा टेकेर मुखमा हग्न
के तपाईँले बुझ्नुभयो त ?
मैले चस्माको कुरा गरेको होइन
हाम्रै शासकको बयान गरेको हुँ !
विराटनगर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला