दिपक घिमिरे

म !
म कहिलेकाहीँ सहिदको सालिकहरू हेरिरहन्छु
त्यो पनि त मान्छे हो ।
खैर !! बोल्दैन ।
खाँदैन पनि ।
लाउँदैन पनि ।
हेर्दैन पनि ।
आत्मा भएर पनि छैन कि ?
तै तै बोलिहाल्छ कि भनी म
उसको कहिले दायाँ हात चिमोटिदिन्छु ।
कहिले बायाँ हात चिमोटिदिन्छु
कतै बोलिहाल्छ कि भनी म उसको नाकको टुप्पोमा बल्ल अडिएको चस्मा झिकेर आफैँ लगाउछु तर अफसोच ऊ बोल्दैन ।
ऊ त मान्छे थियो र छैन।
मान्छे भएर नभएको मान्छे ।।