दिनहरू कति बिते कति
खै गनिएन पनि
मनको मान्छेसँग बितेका दिन पो दिन
नत्र ति प्रत्येक पलहरू
समयले बोकाएको बोझ जस्ता लाग्ने
न त बिसाउन मिल्ने
न त घटाउन मिल्ने
एता उता वारि-पारि तल-माथि
जति बरालिँदा पनि नघट्ने
निस्सासिँदो प्रहर हुँदो रहेछ ।
रातहरँ पनि कति कटे कति
याद नै पो छैन
मायालुको अँगालोमा छिचोलेको रात पो रात
नत्र प्रत्येक रातहरू
कहालिलाग्दो मसानघाट हुँदा रहेछन्
न त चाहेर बित्ने
न त काटेर छोटिने
कोठाको भित्ताहरूमा जलिरहेका बत्तीहरूले पनि
उज्यालो छर्न नसक्ने
डरलाग्दो सपना हुँदा रहेछ ।
धेरै कोरियो सपनाहरू पनि
खै कुन सपना भनूँ तिमीलाई ?
तिमीले सुनाएको सपनाहरू बहुँकी
आफैले कोरेको कल्पनाहरू कहूँ
जब ती सपनाहरूले घेर्छ
यो मन नै झसङ्ग हुन्छ
तिनै सपनाहरूले जब मन पोल्छ
सर्यँ पेग खन्याउँदा पनि निभ्दैन मनको डढेलो
अनि नत तिमीसँगका पलहरू फर्कन्छ
नत मन भित्रको डढेलो नै निभ्छ ।
बाँच्न त जसरी पनि पर्ने
चाहेर होस् या नचाहेर
कोसिस गरिरहेको छु समयलाई रोक्न
आशाको त्यन्द्रो झुन्डिरहेको देख्छु
धैर्यता र इमान्दारीको बेजोड हतियार
उदाएर बसेको छ
उनीसँगका ती एक एक पलहरूले
फेरि अवश्य मलाई कुरिरहेको छ
बेजोड भीषण द्वन्द्व चलेको होला उनमा
पक्कै युद्ध जितेर उनी आउनेछिन्
माला उनेर बसेको छु
उनको स्वागत गर्न
नयाँ उन्मुक्त्त पलहरू सजाउन ।
भक्तपुर, कटुन्जे
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला