डाेर बहादुर के०सी

मानिस स्वतन्त्र प्राणी
ऊ स्वतन्त्रतामा रमाउँछ
ऊ स्वतन्त्रतामा नै  माैलाउँछ
तर मेरा स्वतन्त्रतामा भने
मैले  लगाम  लगाएकाे छु
उसले नै  लगाएकाे बाटाे समाएकाे  छु
मेराे मन मस्तिष्कमा लगाइएकाे त्याे मनकाे लगाम
मेरै गाउँको सिस्नाेले बनेकाे छ
मेराे जन्मभूमिकाे माटामा फलेकाे छ
कतै म हराउन खाेजे
कतै म बाटाे बिराउन खाेजे
त्यसले मलाई सधैँ डाेर्‍याउने गरेकाे छ
जीवनका हरेक अप्ठ्यारामा
पटक पटक घाेरिएर साेच्ने पारेकाे छ
आहा! मेराे मनमा लुकेकाे त्याे प्याराे लगाम
मेराे मन मुटुकाे त्याे  निर्देशक।म धुलेवाजी खेल्दा मेराे शरीरमा लागेकाे माटाे
मबाट अझै उडेकाे छैन
उकाली ओराली गर्दा निस्केकाे त्याे पसिना
ज्यानबाट अझै सुकेको छैन
मैले पिएकाे त्याे धाराको पानीकाे तिर्सना
मलाई अझै पुगेकाे छैन
मेराे कानमा गुञ्जने त्याे झ्याउरे भाका
मनबाट अझै लुकेकाे छैन
आहा!  जन्म भूमिकाे मेराे त्याे स्पन्दन
माटाले खिचेको याे मेराे मनकाे लगाम
मेराे सम्झनाकाे तरेलीकाे लगाम ।

जिन्दगीको गाेरेटाामा हिँड्न खाेज्दा
समस्याको चाङ्ले कतिपटक पुरिन खाेजेकाे छु
कुहिरी मण्डल आकाशमा कति पटक हराउन खाेजेकाे छु
तर पनि म,
सधैँ सत्यलाई राेजेर हिँडेकाे छु
समाजले बनाएकाे कर्तव्य पथलाई खाेजेर हिडेकाे छु
त्यही  समाजले लगाएकाे लगामको सहायताले
म धेरै पटक उठेकाे पनि छु
मेराे मनकाे आकाशमा म स्वतन्त्र उडेकाे पनि छु
मैले मेराे मनमा लगाम लगाएकाे छु
मेरै जन्मभूमिकाे कर्तव्यकाे लगाम

मेराे समाजकाे लगाम
मेराे  मनकाे  लगाम ।