मैले कसैलाई माफी दिन नसकेपछि
पर्खाल साथी भएका छन्
म मसँग बोल्ने एक प्रिय बनेको छ
करलाई परै राखेर बिनास्वार्थ बोल्छन्
म छेउका फुलबारीहरू नि
मेरा साँच्चै मिल्ने साथी भएका छन्
ती फूलहरू
मैले अरूलाई कहिले मागिनँ बोल्ने समय
थाहा छ, ऊ आउनेछ
ऊसँग बोल्ने कोही नभएसी
एकछिन ऊ रमाउँछ ,सबै भुल्छ
प्रार्थना छ उसले आफूलाई नभुलोस्
कति साथी थिए मेरा भनेर उस्ले सोच्न नपरोस्
म विलीन हुँदै गएको हो, ऊ अरूसँग घुल्न थालेपछि
डर लाग्छ, कतै ती माहुरीहरूले मलाई भल्लान्
अनि ढुक्क पनि लाग्छ
मानिस जस्तो स्वार्थी छैनन् तिनीहरू
मैले मेरो मनलाई चञ्चलताबाट,
झुटबाट
स्वार्थबाट
रिसबाट
टाढै राखेर
सुन्दर
मायालु
निष्पक्ष
तादम्य
र समयानुसार चल्न सक्ने बनाएँ
आखिर के पाएँ?
मैले जे नपाउनु थियो त्यो पाएँ
र जे पाउन मैले सबथोक गरेँ
ती ती कुराले म तिर हेर्दै हेरेनन्
कसैले मलाई आफ्नो हुँ भन्यो
उसले आफ्नोपन देखाउन सकेन
मलाई समय दिन सकेन
मैले गल्ती गरेँ कै थिएँ तर
मैले उसैका लागि भनेर
छुट्याएको समयले अचेल आफैँलाई गिज्याउँदै छन्
अचेल पश्चतापको साथमा ती
फालिएका समय नै साथी बनेका छन्
फुर्सदै नै बनेको छ प्रिय
हावा,पानी, वृक्ष
सुन्न सकिने
देख्न सकिने
अनुभव गर्न सकिने
सबै अलग समयका लागि
बिनास्वार्थका साथी भएका छन् ।
सुर्योदय नगरपालिका १४, ईलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला