देउरालीमा सिर् सिर् बतास चल्न थाल्यो ।
कुहुँ कुहुँ कोइलीले मीठो भाका हाल्यो ।।
डाँडा पाखाबाट कुहिरो हट्दै हट्दै गयो ।
ठण्डी, चिसो सिरेटो नि घट्दै घट्दै गयो ।।
रंगी चङ्गी क्षितिजमा उषा लाली छायो ।
बिदा लिई शिशिरले वसन्तलाई बोलायो ।।
आरु फूल्यो बगैँचामा भमरा गुन्गुनायो ।
फूल फूल डुले माहुरी कसले के सुनायो ।।
हरियाली देखिए पालुवा मञ्जरी पलाएर ।
हेरीरहूँ लाग्न थाल्यो आखाँ लोलाएर ।।
चिर्विर् गर्दै गौँथली नाच्छन घरआँगन ।
सप्तरंगी ईन्द्रेणीले लाग्यो घुम्टो टाँगन ।।
चैत महिना वनमा ऐँसेलु पाकेको छ ।
खुशी हुँदै वनचरीले सारथि डाकेको छ ।।
वर पर सबैतिर थपिदै गयो नयाँ रौनक ।
हिजोभन्दा आज परिवर्तन छ अचानक ।।
स्याङ्जा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला