सुजता खतिवडा

अँध्यारो रात
चार दिवार, अनि म
यहाँ मेरा चोलीहरु प्यास मेटाउन कै लागि खोलिन्छ
स्तनहरु कागजका नोटहरूका लागि निमोठिन्छ
चित्कारहरु आँखिझ्यालका चुक्कुलहरु सँगै बन्द हुन्छन्
म सँगसँगै रात बिताउनेहरुले नै  मलाई  यहाँ वेश्या भन्दछन्
हो म वेश्या हो , तर
तिमीले झैँ झुठो नकाव ओडेकी छैन
अनि तिमीले झैँ अरुको भाग खोसी खाएकी पनि त छैन
मजस्ती कयौँ सँग सुत्ने तिमी कहाँ चोखो छौँ?
म तिम्रो नोटहरूको अनि तिमी मेरो जवानीको भोको छौँ
तिम्रोझैँ शरीर हैन र मेरो पनि?
एकपटक मेरा पुछिएका लालीहरुलाई सोध म कति पीडामा छु भनेर
एकपटक मेरा लतपतिएका गाजलहरुलाई सोध मेरा बाध्यताहरु के कति छन् भनेर
एक पटक मेरा छातीहरुलाई सोध , यो  भित्री मन कति पोल्छ भनेर
एक पटक मेरो नाङ्गो आङ्लाई सोध तँलाई कती दुख्छ भनेर
सक्छौ  सोध्न ?  अंहँ ! सक्दैनौं , थाहा छ मलाई
किनकि तिमी मतलबी छौँ यो शरीरको
अझै मोल अनि भाउ सोध्छौ मेरा भावनाहरुको
सम्मान गरी हेर आफैँलाई भिन्न पाउने छौ
छोडिदेऊ म कहाँ धाउन तिमी असल मानिस कहल्याउने छौँ।