साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

नववर्ष तिमीलाई स्वागत छ

 

डा. अजय रिसाल

ढोकामा बासन्ती फूलका मालाहरु
उत्तरतिर ढल्केका सूर्यका तेजहरु ।
खोलाझैं बग्ने समयका छालाहरु
अनि मुखमा एकत्रित छन् स्वरहरु
नववर्ष तिमीलाई स्वागत छ ।।

।।१।।

हृदयमा प्रस्फुटित अनेकौँ भावनाहरु
मस्तिष्कमा चढेका कविताहरु
भविष्यका लागि साँचिएका अनेकौँ कल्पनाहरु
अनि सुनौला भविष्यका लागि मुस्काइरहेका बालवनिताहरु
भनिरहेछन्,
नववर्ष तिमीलाई स्वागत छ ।।

।।२।।

सम्बन्धित पोस्टहरु

कविताः “म”

विगतमा गरेका अनेकौँ भूलहरु
पछुतो मानेर पुर्पुरोमा राखिने अनेकौँ हातहरु
जीवनमा आएका सुखदुःखका बाढीहरु
अनि आशामा नै बाँच्ने “डुब्न लागेका घामहरु”
बोलिरहेछन्
नववर्ष तिमीलाई स्वागत छ ।।

।।३।।

कटिसकेका जीवनका खुट्किलाहरु
ओइलाइसकेका फूबारीका कैयौं फूलहरु
खपिसकेका अनेकौँ गृष्म र हिउँदहरु
अनि, भवसागरमा नै भट्किरहेका हामीहरु
सुनिरहेछौँ सुनाइरहेछौँ
नववर्ष तिमीलाई स्वागत छ ।।

।।४।।

नववर्ष तिमीलाई स्वागत छ ।।
नववर्ष तिमीलाई स्वागत छ ।।

(डा. रिसाल मनोचिकित्सक हुनुहुन्छ । उहाँ काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालमा मानसिक रोग विभाग सह—प्राध्यापक हुनुहुन्छ । प्रस्तुत कविता हिन्दू विद्यापीठ नेपाल, बालकुमारी, ललितपुरमा स्वयंसेवक शिक्षकका रुपमा कार्यरत रहँदा २०५२ नववर्षको कार्यक्रममा वाचन गर्नुभएको थियो ।)

प्रतिक्रिया
Loading...