
शिवराज कलौनी
तिम्रा बेबुनियाद कुण्ठाका बिच
असल मान्छेको सहि प्रयत्नको धरातलमा
तिमिले गाँइगुँइ गरिरहँदा
तिमि स्वयं स्रेस्ता को अडिटर भएर हेर
अरबौं को बेरुजु छर्लङ्ग देखिनेछ ।
मनको गोश्वारा बुझाउन मन्दिर त जान्छौ
पाप कटाउन बोका,हाँसको बलि दिन्छौ
सबै को चित्त बुझाउन रिझाउने चिल्लो घस्छौ
एकैछिन स्वयं को आत्मालाई मजाक गरेर त सोध
अर्काको निम्ति नगर्नुपर्ने कुरो गरिएको तिम्रो प्रतिवेदन को शिर्षक देखिनेछ ।
नैतिक रुपमा तिमि दर्जावान् देखिए पनि
भौतिक रुपमा तिमि उर्जावान् देखिए पनि
यथार्थमा पारदर्शी नजरको आँखीझ्याल बाट
बाह्य हृदयको आवरण पुछेर हेर
असुल उपर तुरुन्तै गर्नुपर्ने बेरुजु छर्लङ्ग देखिनेछ ।
सुशासन को भौचर नभरिकन
शुद्ध मनको पर्खाल भित्र अशुद्धताको बिल फाइलिङ गर्दा
तान्त्रिक ले भस्म फुकेर उडाएसरि कुरा उकेल्दै उफ्रिदा
के सहि र के गलत को परिबन्दमा डुबुल्की मारेर हेर
फर्च्यौट हुनै न सक्ने बेरुजु छर्लङ्ग देखिनेछ ।
तुफान ,सुनामि र ज्वालामुखी विष्फोट नभएपनि
स्वमुल्यांकन को ऐनामा तस्विर हेर्दा देखिनेछ धुजाधुजा
विराट व्यक्तित्व साँच्चै देखिनेछन् जाज्वल्यमान
निस्पक्ष,सुविचारको सिधा बाटोमा हिँडेर हेर
असलि चिन्तनको तृप्ति किन अघि नगरेको भन्ने देखिनेछ ।
भि न पा ३ कंचनपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
