नेपाल भाषा अनुवाद कविता शृङ्खला
जन्मदिन विशेष
गिरिजाप्रसाद जोशीको छन्द कविता
साँखुमा जन्मेका (स्व.) गिरिजाप्रसाद जोशी (ने. सं. १०५८ – ने. सं. ११०७) नेपालभाषा साहित्यमा एउटा अमर नाम हो । आजै प्रज्ञा प्रतिष्ठानले उनको ८३ औं जन्मजयन्तीको सन्दर्भमा विचार–गोष्टी आयोजना गर्दै छ ।
जोशीले कविता, नाटक, उपन्यासदेखि खण्डकाव्य र महाकाव्यसम्म लेखे । त्यसैले उनलाई महाकवि पनि भनिन्छ । उनका कैयौं गीत अझै उत्तिकै लोकप्रिय छन् । तिनमा ओम विक्रम विष्टको स्वरमा रहेको ‘हाय हाय रे थ्वँया बात्चा’ गीत विशेष लोकप्रिय रहेको छ ।
मात्र अठचालिस वर्षको छोटो उमेर लिएर आएका उनले नेपालभाषा सहित्यलाई दर्जनौं कृति दिएर गए । छोटो सयममा धेरै लेख्नसक्नेमा उनी कहलिन्छन् । उनले कतिपय उपन्यास एकै रातमा लेखी सिद्ध्याएका थिए पनि भनिन्छ ।
विचारमा प्रगतिशील धार समातेका र क्रान्तिका गीत लेख्ने उनले केही आध्यात्मिक भावका गीत पनि लेखेका छन् । गद्य र पद्य दुवैमा उत्तिक्कै सशक्तताको साथ लेख्ने उनको एउटा भक्तिभावको पद्य कविता यहाँ प्रस्तुत छः
अनुवादकः आर. मानन्धर
प्रार्थना
हे प्रभु मेरो ज्यान प्रवाह
अटुट प्रवाहित नै होस्
धार बिनाको ढल नबनाऊ
तिम्रो साथ सधैं होस्
कलकल छलछल सरसर हरहर
यसमा यो गति नै होस् !
यो जीवनमा यो चेतन रितु
अजर अमर नै होस् !
नेत्र ज्योति कणकणको निम्ति
कतिकति बल्छन् तारा
कणकण अश्रुजलैको निम्ति
बग्नु छ हिमको धारा
यतिको शक्ति जुटीकन किन भो
ईश्वर मेरो सृष्टि ?
तिमीबिना भन कसरी म रहुँ
पाऊँ तिम्रो दृष्टि
मूल नेपालभाषामा
प्रार्थना
हे ईश्वर जिगु ज्यानया खुसिबाः
दिके मते गबलें थ्व जिवे
खुसिलिसे बाय्वं लः गथे धः जुइ
मदु जि सहारा छ सिबे
कुलुकुलु खुलुखुलु खुरुखुरु हुरुहुरु
ज्यानया रस बाः वय्माः !
थ्व चेतना रितु अमर जुयाः अले
जीवन स्वां थें ह्वय्माः !
जिगु थ्व मिखाय् जति छफुति तय्त हे
उलि उलि मछि नगु च्याय्माः
ख्वबि छतिकि मिखाय् वय्त समुन्दर
छ्वेमाः, हिमाल नाय्माः
थुलिमछि शक्ति छस्वा जुइक
सृष्टि छु खँय् जुल जि ईश्वर !
छं तोतूसा गनाः मफुइ ला
प्यपुनाः काय् जिं छंगु भर
स्रोतः प्रार्थना (ने. सं. १११५), कुतः पिकाक (ख्वप)