साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः अनुरोध

अमृत काजी शाक्य
मेरा गुनासाहरु, तिम्रा सुझावका साथ
प्रस्तुत गर्नुपर्दा
भयङ्कर पीडा हुन्छ मेरो मुटुमा
कृपया मलाई मेरै हालतमा छोडिदिए बेस
तिम्रा कार्यक्रमहरुमा बाधा अड्चन छैन,
प्रकृयाको निहुँमा
मेरा समस्याहरु सधैं थाँति रहने गर्छन्
कृपया निरन्तर प्रवाहित हुन पाउनु पर्यो प्रभु
तारिफ गर्छु तिम्रो, सबै चट्ट त्यागेर जान सक्छौ
अड्किएको छु
जिम्मेवारीको बोझ मुटुमाथि गह्रुङ्गो उचालेर
कृपया खै, उन्मुक्त उड्न पाउनु त्यो नैसर्गिक अधिकार ?
लुम्बिनी विश्वविद्यालय
प्रतिक्रिया
Loading...