प्रिय कमरेड
अप्रिय अभिवादन
रातो झण्डा मुनिबाट
काला सम्झनाहरु पनि म त्यही भञ्ज्याङमा छु आज
म त्यही बूढो धयेरुको फेदमा छु आज
म त्यही दारे ढुङ्गा सिरानी लगाएर बसेको छु आज
जहाँ
तपाईं र मैले एक साथ
तमसुकमा ल्याप्चे लगाएका थियौं
“मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ”खै !
साँगुरीको युद्धमा लागेको छर्रा
मैले त आफ्नै आरनमा
सनासोले च्यापेर निकाल्नु परेको छ
रातो झण्डा मुनिबाट
काला सम्झनाहरु पनि म त्यही भञ्ज्याङमा छु आज
म त्यही बूढो धयेरुको फेदमा छु आज
म त्यही दारे ढुङ्गा सिरानी लगाएर बसेको छु आज
जहाँ
तपाईं र मैले एक साथ
तमसुकमा ल्याप्चे लगाएका थियौं
“मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ”खै !
साँगुरीको युद्धमा लागेको छर्रा
मैले त आफ्नै आरनमा
सनासोले च्यापेर निकाल्नु परेको छ
पल्ला गाउँका धनवीर साहु कहाँ जाँदा
चिया खाको गिलास आफैँ धुनु परेको छ
तपाईं सिंहदरबारमा शपथ लिएको समाचार
माथ्ला घरे पण्डितको टिभीमा हेर्न जाँदा
आँगनबाटै चियाएर हेर्नु परेको छ
तैपनि मेरो घरको धुरीमा अझै
त्यो रातो झण्डा फरफराइरहेको छ
ए साँच्ची !
त्यो हाम्रो तमसुक
तपाईंकै गोजीमा थियो नि !
भेट्नु भो भने कुनै दिन
मेरो नाम छाडेर थरलाई
रातो मसीले काटिदिनू होला
म मानिसको
अन्तर्राष्ट्रिय जाति हुन चाहन्छु ।
चिचिला – संखुवासभा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला