मेरो एउटा कमजोरी छ, सत्यलाई नकार्न सक्दिनँ म,
झुटो बोल्न आउदैन, बढी कुरा भन्दिनँ म,
मानवता हराएको समाजमा अखण्डता खोज्दिनँ म,
एकता नै छैन भने सहकार्यलाई रोज्दिनँ म,
कसैलाई क्षेप्यास्त्र प्रहार गरी अघि बढ्दिनँ म,
सबै कुरा छाडे पनि संस्कृति त्याग्न सक्दिनँ म,
पराइले हेपेको अनि सिमाना मिचेको सहन्नँ म,
देशको स्वाधीनता मेटिएको हेर्न चाहन्नँ म,
नकारात्मक अनि नराम्रा कुरा सुन्दिनँ म,
कसैलाई असमनता र भेदभाव गर्दिनँ म,
राष्ट्र नवनिर्माणमा आएका बाधालाई सामना गर्दछु
म त समृद्धिप्रेमी मान्छे देशको समुन्नतिको कामना गर्दछु ।
सत्यवती मा वि(९), तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला