साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः साँझपरेपछि

अमित संग्रौला

इन्द्रेणीजस्तै कपाल पारेर
छोटा छोटा पहिरनमा सजिएर
गुलाबी ओठ र मन्द मुस्कानसँगै
आउँछन् साँझपखमा नौटङ्की देखाउन
कति धेरै आशक्ति छन्
म देखेर अचम्मित हुन्छु
चहारिरहन्छन् भट्टी पसलतिर
हाँस्छन् रुन्छन् ठट्टा गर्छन्
स्वाट्ट पार्दै बियरको चुस्कीसँगै
आफ्ना सबै पीडाहरु भुल्छन्
रक्सी र यौवनकै वरिपरि
घुमिरहन्छ उनीहरुको जीवन
बडो गजब तरिकाबाट
कहिलेकाहीँ विरक्तिएर आउँछ
उनीहरुले जिइरहेको जिन्दगी देखेर
जसले वेश्याको रुप धारण गरेर
हिँडे ती नारीहरु आत्मा र परमात्माको
व्याख्या गर्दै हिँडेको पाइयो
र,
जो आफू महात्मा पुजारी पन्डित ठान्छन्
ती व्यक्तिहरु वेश्याकै वरिपरि नाचिरहेका छन्
यतिखेर
साँझपखमा नौटङ्की देखाइरहेका छन्
भट्टीमा टेबुलहरु छन्, कुर्सीहरु छन्
थरीथरीका खाना प्रस्ताव गर्छिन् साहुनी
उनको व्यस्तता देखेर
सहायकको भूमिका खेल्छन् साहु बा
यो ठाउँमा विभिन्न विचारधारा
भएका मानिसहरु आउँछन् र
एक अर्कासँग खुसी साटासाट गर्छन्
साँझपरेपछि
यस्तै हुँदोरहेछ अचेल भट्टी पसलतिर ।

सम्बन्धित पोस्टहरु

बिर्तामोड

प्रतिक्रिया
Loading...