साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

कविताः सूक्ष्म नारी

दुःखकाे प्रतिबिम्ब

आशीष शर्मा (आचार्य)
सम्बन्धित पोस्टहरु

कविताः पागल

हजारौँ सपनाहरू त्यागेर
म आमाकाे सपना सँगालेर
राहदानीमा छाप लगाउन हिँडेकी हुँ
मलाई त्याे मरुभूमिसँग कुनै गुनासाे छैन
मजस्ता हजार छाेरीहरूकाे साथ मसँग छ
आमाका चिसिएका पैँतालामा
एक जाेर खुसीका हातहरू पैराउनु छ
म मुग्लान जानैपर्छ।
अस्ति आमाका कानका लाेतीहरू बन्दकीमा बेचियाे
हिजाे आमाकाे सिन्दुर सिन्धुली बन्दरगाहमा बेचियाे
आज जेठाे छाेराे सुल्मान साहुकाे ऋणमा बेचियाे
अब बेच्न के नै बाँकी रह्यो हाेला र हजुर?
अन्माएर डाेली चढेकाे दिनदेखि
आमाकाे काख र बाबुकाे साइनाे पनि बेचियाे।
सधैँ हात समाएर सँगै पढ्न जाने त्याे सानाे भाइ
आजकल कहिलेकाहीँ सामाजिक सञ्जालमा सम्झन्छ
याे पालि भाइटीकामा त पक्कै आऊ है दिदै भन्छ
तिम्राे न्यास्राे लायाछ आजै आऊ है कहिल्यै भन्दैन
एउटै काेखबाट जन्मिएका हामी एउटै रहेनाैँ
कठै म त छाेरी रहेछु, ऊ त छाेरा रहेछ।
कहिलेकाहीँ यस्तो लाग्छ
बिहानकाे त्याे उज्यालाे फेरि  नफर्किए हुन्थ्यो
छाेरीकाे रसातलमा बग्ने दुर्भाग्य नफर्किए हुन्थ्यो
हुन त रामेछापबाट फर्किएदेखि फर्किएका छैनन् खुसी
अब फर्किएँ म भने काठकाे बाकस अलि चाक्लाे बनाउनू
मसँगै काेखमा एउटी अभागी फर्कने छे।
मलाई त जलाइदिए हुन्छ
तर मेराे निशानीलाई बिन्ती नजलाइदिनू
म त जिउँदै खरानी हुन सिकिसकेकी थिएँ
रगतले लतपतिँदा पीडा पिउन सिकिसकेकी थिएँ
बाटाामा हिँड्दा कान टालेर हिँड है आमा
याे समाजका राक्षसहरू बलात्कारी हुन्
मेराे नाजायज सम्बन्धलाई जाेडेर
तिम्रो दुःखलाई पनि बलात्कार गर्न सक्छन् ।
प्रतिक्रिया
Loading...