आमा, तिमीले आफ्नाे पिठ्युमा घाँसको
             भारी भएनि
मेरो पिठ्युमा किताबको झाेला बोकाइदियौ
               तर, तर, तर……
त्यो किताबले मेरो जिन्दगी
   बदल्न सकेन
मलाई खुसी दिन सकेन
यो कुरा म तिमीलाई कसरी भनौँ ?
   आमा, म कसरी भनौ????
बा, तिमीले आफ्नाे काँधमा हलो
  जुवा भए पनि
मेरो हातमा कापी कलम
   सुम्पिदियौ
    तर, तर, तर…….
त्यो कापी कलमले मेरो भाग्य
    लेख्न सकेन
तिम्रो खुसीका रङहरु भर्न
   सकेन
यो कुरा म तिमीलाई कसरी भनौँ
  बा, म कसरी भनौँ ?
सानोमा म स्कुल जान्नँ भन्दा बा तिमी
 जबर्जस्ती बोकेर स्कुल पुर्याउँथ्यौ
म चुपचाप रुँदै स्कुल बस्न
      बाध्य हुन्थेँ
  तर,      तर,     तर..,,,..
त्यो स्कुलले ज्ञान दिन सकेन
    पिटाई दियो
माया ममता कदापि दिन सकेन
   सधैँ गाली दियो
यो कुरा म तिमीलाई कसरी भनौँ ?
   बा, म कसरी भनौँ ?
बा, मुटुभरि सपनाहरु सङ्गालेर रुँदै मलाई
   सहर पढ्न पठायौ
आमा, सुन्दर भविष्यको कल्पनामा हराउँदै
     मलाई सहर पठायौ
तर, तर, तर……..
यो सहरले मलाई असल मान्छे
    बनाउन सकेन
अनगिन्ती मनका सपनाहरु पूरा
       गर्न दिएन
यो कुरा म हजुरहरुलाई कसरी भनौँ
बा, आमा म कसरी भनौँ ?
झाेलामा कापी, कलम अनि किताब हाली
            कलेज जान्थेँ
अरु केही कुरामा नि ध्यानै नदिएर पढ्न
       लेख्न खाेज्थेँ
                  तर, तर, तर……
केटाहरु कता कता भुलाइदिन्थे गफगाफमै
     चुटोट पिलाइदिन्थे
केटीहरु थाहै नदिई मुस्कानले गोली हानी
    मायाजालमा फसाइदिन्थे
यो कुरा म हजुरहरुलाई कसरी भनौँ
बा, म कसरी भनौँ ?
आमा, म कसरी भनौँ ?
      म कसरी भनौँ ?
म कसरी भनौँ…. ?
             बर्दिया