साहित्यमा आधुनिकताको प्रवेशसँगै नेपालभाषामा आधुनिक कविताले उचाइ छोइरहेको त छँदैछ, त्यससँगै छन्द कविता पनि आफ्नै किसिमले बहिरहेको छ । जनकवि दुर्गालाल श्रेष्ठको लयात्मक/गेयात्मक छन्द कविता/गीत निरन्तर प्रस्फुरित भइरहेकै छ । त्यस्तै भूषणप्रसाद श्रेष्ठ छन्दमा तिख्खर कविता र गजल कोर्ने साधक–कवि हुन् । उनले १६२ वार्णिक छन्द र ५५ उर्दू बहरमा गजल लेखिसकेका छन् भने सातवटा गजल–संग्रह प्रकाशित गरिसकेका छन् । ती कविका छन्द कविताको छन्दमै अनुवाद यही स्तम्भमा प्रस्तुत भइसकेका छन् ।

यसपालि आर. मानन्धरको तीन दशकअघि प्रकाशित एउटा छन्द कविता कवि स्वयंको अनुवादमा प्रस्तुत छ ।


तिमी छौ भने

आर. मानन्धर

हुनुपर्छ त्यहाँ कविता कविता
तब छन्द भए–नभए पनि के ।

दिलभित्र अगाध छ प्रेम भने
तब शब्द भए–नभए पनि के ।

म नजीक सदैव रहे त तिमी
रितुराज भए–नभए पनि के ।

यस जीवनमा झलमल्ल तिमी
अब जून त्यहाँ नबले पनि के ।

यति मादक यो क्षण नै छ भने
त्यस स्वर्ग त्यहाँ नभए पनि के ।

 

मूल नेपालभाषामा

छ हे दतसा

आर. मानन्धर

कविता दयमाः जुइमाः कविता
अन छन्द दुसां मदुसां छु जुल ।

नुगलय् नुगलय् दयमाः मतिना
अन शब्द दुसां मदुसां छु जुल ।

जिगु लिक्क छ हे दतसा थन आः
व वसन्त दुसां मदुसां छु जुल ।

जिगु जीवनसं छ जहाँ थितले
अन च्वय् तिमिला मदुसां छु जुल ।

थुलि न्ह्यैपुगु ई थन हे दतसा
अन स्वर्ग दुसां मदुसां छु जुल ।

साभारः जला, वर्ष १ अंक २ (ने. सं. ११११)