विगत केही महिनायता कवि सञ्जय सुमनले देशका विभिन्न ठाउँमा भित्तामा कविता अभियान सञ्चालन गरिरहेका छन् । कोरोनाकालमा गाउँ गएका उनले गाउँमा कविता ब्युँताउने उद्देश्यका साथ आफ्नै र छरछिमेकका भित्तामा कविता रंग्याएर कविता ब्युँताउने प्रयास गरेका थिए ।
कोरोनाका कारण उत्पन्न परिस्थिति पुनः सामान्य हुनासाथ काठमाडौँ फर्किएपछि उनी यतिबेला राजधानी र वरपरका स्कुले भित्तामा कवितालाई ब्युँताउने प्रयास गरिरहेका छन् ।
यसपटक उनले काठमाडौँको ज्ञानेश्वरस्थित लिटर फ्लावर सेकेण्डरी स्कुलमा कविताको बिस्कुन लगाएका छन् । उनी भन्छन्, ‘यी कविता पढेर थोरै मात्र भए पनि कविताप्रति जागृति बढ्यो भने मलाई त्योभन्दा अर्को खुसी हुने छैन ।’
आउनुस्, हामी पनि लिटर फ्लावर सेकेण्डरी स्कुलका कविता वाचन गराैँः
सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तराष्ट्रिय कविता महोत्सवमा ” हजारौं हातको हस्ताक्षर ” कवितामार्फत् सर्वोकृष्ट र हेम-सरिता फाउण्डेशनको आयोजनामा भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय कविता प्रतियोगितामा ”जूनको उज्यालोमा अडिएको समय” कवितामार्फत् सर्वोकृष्ट घोषित युवा कवि मनोज विश्वकर्मा रौतहटका स्रष्टा हुन्। उनका कविता ”अनुहारको भीड ‘ कवितासङ्ग्रहमा प्रकाशित छन्।
कवि, निबन्धकार, उपन्यासकार भिष्म उप्रेतीका डेढ दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन्। नेपालीबाहेक उनका धेरै साहित्यिक सिर्जनाहरु अङ्ग्रेजी, हिन्दी, कोरियाली, सर्बियाली, स्लोभेनियाली, जापानी, सिंहला, कम्बोडियन, रूसी, तमिल र बंगाली भाषाहरूमा प्रकाशित भएका छन् । नेपाल एकेडेमीले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवका स्वर्ण पदक विजेता श्री उप्रेती सार्क साहित्य पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, शङ्करर लामिछाने युवा निबन्ध पुरस्कारलगायत प्रतिष्ठित पुरस्कारहरूबाट विभूषित छन्।
कवि, चित्रकार तथा कार्टुनशिल्पी मुकुन्द प्रयास धनकुटाका स्रष्टा हुन् । विभिन्न अन्तराष्ट्रिय साहित्य महोत्सवहरुमा नेपाललाई प्रतिनिधित्व गरेका कवि प्रयास षडानन्द प्रतिभा पुरस्कारप्राप्त कविता कृति ”एक झोला इन्द्रेणी”का स्रष्टा हुन् ।
सरल र सटिक लेखन शैलीका अब्बल युवा कवि यूग ‘सर्वनाम’ रोल्पाका स्रष्टा हुन् ।
विप्लव प्रतीक मूलतः कवि हुन् । उनका नहारेको मान्छे (कवितासङ्ग्रह), अविजित (उपन्यास) प्रकाशित छन् । उनले थुप्रै गीतहरू लेखेका छन् र रङ्गकर्म पनि गर्छन् । कवि एवं गीतकार प्रतीक नेपाली साहित्यमा भिन्न शैलीको लेखनका कारण परिचित छन्।
बहुप्रतिभाशाली लेखक, चित्रकार, रङ्गकर्मी शरद अन्नपूर्ण -१, कास्कीका श्रष्टा हुन्।
तिलक पोखरेल म्यानमारका कवि हुन्। उनी छोटा तर गहन बिम्बात्मक कवितामा विशेष रुचि राख्छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।