साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः मेरो जिन्दगीमा!

 

Suraj Dangal

समय सङ्गसङ्गै पाइलमा पाइला मिलायर
तसकमसक कुदिरहेको
मेरो जिन्दगिमा!!

अभाब र त्यसको प्रभाबको तराजुमा
हजारौं इक्षाहरुको समिक्षाभयो
छलछाम र बलबानदेखि निरपेक्ष
मेरो जिन्दगीमा!!

काम र दामको भुमरिमा रुमल्लियको
संसारले
पहिचान र त्यसको स्वाभिमानको
बिरुद्ध डङ्का पिट्यो
मेरो जिन्दगिमा!!

यी यस्तै यस्तै ठोकठाक र घोचघाच
लाई साक्षी राखेर
समयले पनि धावा बोल्यो
मेरो जिन्दगिमा!

पहिले जिन्दगी सङ्गै चल्ने समय
अहिले पुगिसक्यो उ पर पर
मेरो जिन्दगी पक्ष्याइरहेछ
लड्खड्यायर!!

प्रतिक्रिया
Loading...