के को भोक बतासियो सहरमा वैरीहरु हो भन
सुत्दैछन् किन आज मानिस सबै आग्लो लगाइकन
कस्तो पाप रहेछ यो मनुजको संसार सारा सर्यो
मान्छे हिँड्न डराउदै छ भन हे विज्ञानले के गर्यो?
।।१।।
के होला र सजाय यो प्रकृतिको संसार नै रोकियो
धाँजो फाट्न सकेन यो जमिनमा आकाशमा ठोक्कियो
के माग्छौ र नमाग दास जनता सम्मान ठाडै झर्यो
ती आतङ्क विदेश रोइरहँदा विज्ञानले के गर्यो?
।।२।।
कस्तो रोग छिरेछ आज जनता रोएकराए कति
भन्थे राज म गर्छु विश्व वशमा देख्दै छु यो दुर्गति
पृथ्वीमा यसले गरेनछ दया आतङ्क मात्रै गर्यो
धर्ती लोक र स्वर्ग हल्लिरहँदा विज्ञानले के गर्यो?
।।३।।
रोगी लौ किन अस्पताल नपुगी लाचार झैँ फर्कियो
पीडा दु:ख अभाव यो बखतमा पानी सरी दर्कियो
के गर्दै छ र सोच के छ यसको संसार कब्जा गर्यो
ठाडै प्रश्न गरेर सोध्छु अब ता विज्ञानले के गर्यो?
।।४।।
पोखरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला