शंकर थापामगर

प्रिया !
म जसरी क्षितिज नियाली रहेछु
तिमी ! तिमी पनि
उही क्षितिज नियाली रहेछौ
र त्यही क्षितिजमा
हाम्रा नजरहरु
परस्पर मिलन
भइ रहेकाछन्।

अनुमान गर त
आकाशको क्यानभास मा
बादलको चित्रहरु मा
तिमीले मलाई दिख्नेछौ
जसरी मैले
तिमीलाई
भर्खरै आकाश मा
चित्रहरु देखाउँदै थिएँ
जहाँ अनेकन चित्रहरु चलायामान थिए।
र ती चित्रहरुलाई हेरेर
कैले हामी हाँस्यौ, कैले हामी रोयौँ।
केतिमीले
मेरो स्पर्शलाई अनुभूत गरेनौ र ?

माया !
म मुहारमा मुस्कान बोकेर
तिम्रो समीप आउँने छु
प्रेमको जुहार लिएर
धर्तिको पल्लो छेऊ बाट ।
बिछोडका घाऊहरु मा
एकले अर्कालाई मलम लगाउँदै
अनि हामी
प्रेमका अमर गीत गाउँनेछौ
हामी एका कार भएर ।
अहिले भने
म क्षितिज नियाली रहेछु ।
म तिमीलाई हेरीरहेछु ।
म तिमीसँग गुनगुनाई रहेछु।
मिलनको सुमधुर सुमधुर प्रेमको गीत।