माया भन्ने चिज नै यस्तो
चन्द्रमाजस्तो चम्किलो तिम्रो मुहार
जुल्फी तिम्रा ती केश र मोहनी लाउने अनुहार
तिम्रो याद हरपल आउँछ, के यो माया हो र ?
तिमीसँगको पहिलो भेटमै यो दिल चोर्यौ
लैला र मज्नु पछिको प्रेमकहानी जब कविले कोर्यो
आखिर के यो माया हो ?
जिन्दगीमा प्रेम त धेरैसँग हुन्छ
तर चोखो माया केवल एक सित हुन्छ
किन, किन आजकल आफूभन्दा तिम्रो धेरै माया लाग्छ
यो के मायामा रहेको संकेत हो ?
तिम्रा ती निश्चल आँखा
तिम्रा ती कोइलीको जस्तो सुरिलो भाका
सायद माया भन्ने चिज नै यस्तो हो
एकचोटी यो मुटुमा छिरेपछि छुटाउनै गाह्रो
आफूले माया गरेकोलाई सारा संसारसँग लड्न तयार हुन्छ
तर, अहिले भने माया पैसासँग तुलना हुन्छ
संसारमा कमै भेटिन्छ ती चखेवाका जोडी
अब मायाको तुलना गर्नपर्छ पैसालाई तोडी !!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला