आफ्ना सपनाहरु मारेर
मेरै सपनाहरु सजाउने
ती आँखाहरुमा
मायाको भाव छचल्काउन सकूँ ।
आफ्नो गाँस काटेर
मलाई तृप्त गराउने
ती हातहरुलाई,
आफ्नो माथमा सजाउन सकूँ ।
जिन्दगीको पहिलो पाठशाला रुपी
ती बोलीहरुलाई
जीवनको मार्गदर्शक बनाउन सकूँ ।
मेरा इच्छाहरु बुन्दाबुन्दै खिइएका
ती पैतालाहरुलाई,
गौरवले सधैँ चुम्न सकूँ।
मेरानिम्ति अर्पित गरेको
त्यो जीवनलाई
खुशीको होलीले रंगाउन सकूँ ।
जिन्दगीका तीता-मीठा कथा बोक्ने
हजुरको जन्मदिनलाई
सयौं हजारौं वर्ष मनाउन सकूँ ।
जन्मदिनको अनगिन्ती शुभकामना बुवा।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला