असल चरित्र

सम्झिएछौ
उसले बिर्सिएछ
डिलिट गरेर भुतकाललाइ
मेटाएर सम्झनाका पोट्रेटहरु
सम्झिएछौ,उसले बिर्सिएछ
म त हतारमा थिएँ
जीवन बग्ने खोला खोज्न,
सपना फुल्ने बगैंचा खोज्न,
निर्वाण मिल्ने स्थान खोज्न
किनकि ,
हामिले पनि बगाउनु थियोे-जीवन खोलामा
र,मिसिनु थियो कहिँ कतै-कुनै निलो समुद्रसङ्ग
फुलाउनु थियो सपना-भबिष्यको शुन्दर बगैंचामा
भेटाएर निर्वाण मिल्ने स्थान
प्राप्त गर्नु थियो मोक्ष र,
बिसाइदिनु थियो श्वासप्रश्वासको चौतारीमा
हाम्रो देह र आत्मा।।
तर सम्झिएछौ
उसले बिर्सिएछ
चुडालेर वाधाहरु-बाँधेका
ओकलेर कसमहरु-खाएका
अधुरै छाडी प्रेम कहानी
फगत सम्झिएछौ उसले भुलेछ
हाम्रो स्वर्गीय मृत्युु खोज्न
म त हतारमा थिएँ ।।।
      हलेसी तुवाचुङ नगरपालिका,खोटाङ