आयुष बादल

तिमिले मेरो मन र तन संग
दुरि बढाइ गएको कालमा,
म रोएको साँझ
तिमी दुनियाँसंग रमाउदै थियौ अरे।

तर,
त्यो सन्ध्याकालिन कालमा
तिमीलाई सानो घाउ भएर
तिमि रुँदा,
मेरो आखाबाट टपटप आँसु चुहिएको बिर्सौ क्यारे।

तिमी र म
यही त फरक रहेछ !