गोपाल खनाल

झोला
………….
रङ र आकार
जे, जत्रो होस्
रहरले भन्दा पनि
बाध्यताले
बोक्नु पर्ने
अनौठो
वस्तु रहेछ झोला ।।

जीवन

बाउन्न पत्तिको त्रिपन्न
खेल जस्तै
व्यक्तिपिच्छे फरक हुन्छन्
जीवनको परिभाषाहरु
सङ्घर्ष
त्याग
प्रेम
गीत
सङ्गीत
चुनौति
अवसर
तपाईँ आफू अनुकूल
थप्न सक्नुहुन्छ ।।

हालः पोखरा–११