भेट भो कतै, नजर जुधायो
कल्पनामा, चुर्लुम्मै डुबायो
भन्यो, म तिम्रो, तिमी मेरी
गरौं, च्याप्प चुप्प, चुम्मा चुम्मी ॥१॥

ओठ जोडी, नयन बिसाई
चन्चल दुबै, हात सल्बलाइ
बेस्सरि ढाड, कम्मर जोडी
दुबै टाँसिएर, लिसो झैं जोरी ॥२॥

गरी, आलिङ्गन, चुस्सा चुस्सी
भयो, खुब मज्जा, खुब मस्ती
गरे, ठोका ठोक, धक्कम धक्का
स्वाँ स्वाँ, सुस्केरा, चल्यो पक्का ॥३॥

पलङ्ग बज्यो, भएर काम कुरा
भो कहिले यता, कहिले उता
ठुलै चल्यो कि, रण संग्राम जसै
कहिले वर, कहिले पर भो यसै ॥ ४॥

रमेश सुबेदी

निथुर्क्कै भिज्यो, पसिनाको धारा
आँ उँ फ्याच्च, फुच्च चल्यो सारा
जोडजोडले कुदाई, चल्यो गाडी
धस्यो गई कुवा, छेउ दुबो माडी ॥५॥

हलो जोती, गोडी मलबिउ सेतम्मे
झाडी बारी, भो सारा हिल्लाम्मे
थकाई मारी, एक्छिन ध्यान मग्न भो
प्यास मेटाई, तिर्खा शान्त तन भो ॥६॥
**************************
२०७७(१०(११
ललितपुर १३, कुसुन्ती ।