उनलाई के भेटेथेँ
इसारा इसारामै मुटु जोडिएछ
उनी मायाको कथा सुनाउँथिन्
कथा सुन्दै मायामा रमाउँदै
उनकै मायालु काखमा निदाएछु
च्वास्स मुटु दुख्यो
झसँङ्ग ब्युँझिएँ
उनले त मुटुमै
छुरी रोपी सकिछन्
रगत नै नझर्ने कस्तो कला उनको
यो मुटु त छिया-छिया बनाई दिइछन्
बाँचुन्जेल निको नहुने घाउ बनाई
उनी उनका रहर मेट्न लागिछन् ।

उनलाई आउटिङ मनपर्थ्यो
कारमा लङ्ग ड्राइभ
ठूला र सुन्दर रिसोर्ट
विदेशी ब्राण्डका सुरापान
विदेशी ब्राण्डका मलमा सपिङ
यस्तै यस्तै शोख थियो उनको
मेहनत गर्दै पो थिएँ
सपनी पनि देख्दै थिएँ
एकाएक उनी टाढिइन्
भौँतारिएको म सडक पार गर्दै गर्दा
चिल्लो कारमा हुइँकिएकी
उनकै कारको हिलोले निथ्रुक्कै भिजेँ
उनी आँखा तरेर उनकै बाटो लागिन्
म बीच बाटोमा अलमलिएँ

उनले बाटो बदले नि
मायाको छाप नमेटिने रहेछ
भेट्नु र छुट्नु समयको नियति होला
मनको तिर्खा नसकिने रहेछ
उनले बाटो बदले नि
मायाको छाप नमेटिने रहेछ ।

कटुन्जे, भक्तपुर