काउछा

जुनकिरी हुँ म
मलाई चन्द्रमा मन पर्दैन
चन्द्रमा अर्काको उज्यालोमा चम्किन्छ
चन्द्रमाको प्रकाश बादलले छेकी दिन सक्छ
औशीको रातले लुकाई दिन सक्छ

म स्वतन्त्र छु
म जता पनि उडन सक्छु
मेरो उज्याँलोले ब्यागुताहरु ट्यार टयार गर्न बाध्य हुन्छन

वृष्टि हुन्छ
तिर्खालु धर्तीले सुखको सास फेर्छिन
अनि
कन्चन आकाश खुल्छिन

स्वार्थीहरु चन्द्रमाको उज्यालोमा रमाउछन
घमण्डको सगरमाथा चदछन
धाक र रवाफ लगाउछन
ए परजीवीहरुको
आफ्नै उज्याँलोमा बाच्न सिक

मेरो आफ्नै धरती छ
मेरो आफनै आकाश छ
मेरो आफ्नै उज्यालो छ
म जुनकिरी हु
त्यसैले त मलाई
अदिप्त चन्द्रमा  मन पर्दैन

चौराहा -१ बाग्लुङ्ग