सुशान्त थापा

साँच्चै कति आत्मिय छ समय
सोचेर सोच्न नसकिने
लेखेर अक्षर नसकिने
मायामा त जालिम दुनियाँ बाँचेकै छ
भरेर दिलको ढुकुटी कहिल्यै नरित्तिने
प्रेमिल भाव कोर्दै कागजमा
गुलाफ दिलको फूलबारीलाई
सुम्पेको पत्तो नभएपछि
तस्बिरहरुमा मुस्कान लुकाएर हाँसेपछि
अलि गाह्रो भएको थियो जिउन
कलिला यथार्थहरु विशाल गगनचुम्बी पर्वत भएपछि
हिउँमा चिप्लेको फूलबारीको आगमन
फेरी समयले नै भुलेपछि !
विराटनगर, नेपाल